मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • किन सुरू हुन सकेन महामन्त्रीको मतगणना ?
समाचार

किन सुरू हुन सकेन महामन्त्रीको मतगणना ?

काठमाडौं।

 

विज्ञापन

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुन सकेको छैन।

विज्ञापन

केन्द्रीय निर्वाचन समितिले आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा मतगणना सुरु गर्ने तयारी गरेको भने पनि १० बज्दासम्म सुरु हुन सकेको छैन। केही बेरपछि मतदान सुरु गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। महामन्त्रीका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो।

सभापति पदको महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन्।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस