सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • अर्किड कलेजको बसकाे ठक्करबाट चितवनमा माेटरसाइकल चालककाे मृ’त्यु
समाचार

अर्किड कलेजको बसकाे ठक्करबाट चितवनमा माेटरसाइकल चालककाे मृ’त्यु

चितवन ।

भरतपुरको बाइपास रोडमा बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृ’त्यु भएकाे छ भने एक जना घाइते भएका छन।मृ’त्यु हुनेमा चितवन खैरेनी २ बस्ने बर्ष ५५ का रामहरि श्रेष्ठ रहेका छन ।

विज्ञापन

उनको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिकल कलेजमा मृ’त्यु भएको थियो। । सोहि मोटरसाइकलमा सवार सोहि स्थान बस्ने बर्ष ५४ का पुरन श्रेष्ठको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

विज्ञापन

साँझ साढे ६ बजेको समयमा आँपटारिबाट मालोपत चोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो।कलेज बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस