मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • आफ्नै कार्यकर्ताले खेद्न थालेपछि प्रकाशमानले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाए
समाचार

आफ्नै कार्यकर्ताले खेद्न थालेपछि प्रकाशमानले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाए

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो फेसबुकको कमेन्ट गर्न नमिल्ने बनाएका छन् । आफ्नै कार्यकर्ताले समेत खेद्न थालेपछि उनले कमेन्ट अफ गरेर पोस्ट गरेका छन् ।

विज्ञापन

मंगलबार देउवालाई साथ दिएपछि सामजिक सञ्जालमा उनीविरुद्धको अभियान नै चलेको छ । उनका हरेक पोस्ट्मा कार्यकर्ताहरूले खेदो खनेका छन् ।

विज्ञापन

यसैबिच उनले कमेन्ट गर्न नमिल्ने बनाएर फेसबुकमा सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् । उनको उक्त पोस्ट्मा कमेन्ट गर्न मिल्दैन ।

नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गर्ने भएपछि उनीलाई सामाजिक सञ्जाल र मिडियाले नैतिकता बेचेको आरोप लगाउँदै विभिन्न कमेन्ट गरेपछि उनले फेसबुकको कमेन्ट सेक्सन नै अफ गरेका हुन् ।

सभापितका उम्मेदवार भएका सिंहले देउवालाई समर्थन गरेपछि सभापतिमा निर्वाचित भएका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस