आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • यो घोर अन्याय भो, स्वीकार गर्न सकिँदैन भन्दै ओलीका विश्वस पात्रले नै विरोध गरेपछि…..
समाचार

यो घोर अन्याय भो, स्वीकार गर्न सकिँदैन भन्दै ओलीका विश्वस पात्रले नै विरोध गरेपछि…..

Renu Dahal

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनितदेखि नेताहरुको कार्यविभाजन समेत सन्तुलित नभएको भन्दै धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् । आइतबारको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज र नेताहरुको कार्य विभाजनप्रति नेताहरुले असन्तुष्टि जनाउदै सच्याउन भनेका हुन् ।

 

विज्ञापन

तर, ओलीले प्रस्ताव गरेका कुनैपनि प्रस्तावहरू संशोधन नगरी पारित गरिएको छ । ओलीले प्रस्ताव गरेका कमिटी र कार्य विभाजनप्रति नेता सुवास नेम्वाङले यो बेठीक भो भनेर प्रतिवाद गरेका थिए । त्यस्तै पृथ्वी सुव्वा गुरुङले पनि यो गलत भयो सच्याउनुपर्छ भनेका थिए ।

विज्ञापन

नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि छलफल नगरी एकपक्षीय ढंगले प्रस्ताव पेश गरेकोमा बैठकमा असन्तुष्टि जनाएका थिए । त्यस्तै सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका पदाधिकारीहरुले ओलीको प्रस्तावप्रति असन्तुष्टि जनाएका थिए । नेता घनश्याम भुसालले सवै विषयमा आपत्ति जनाएका थिए । ‘यो घोर अन्यायपूर्ण र अपमानपूर्ण छ’, भुसालले बैठकमा धारणा राखेका थिए । ‘यो कुरा कुनै हालतमा पनि स्वीकार गर्न सकिदैन, स्वीकार गर्ने बनाउनुस्’, भुसालको भनाइ थियो ।

यति धेरै नेताहरुले प्रस्ताव संशोधन गर्न माग राखेपनि ओलीले पुर्नविचार गर्न चासो देखाएनन् । त्यस्तै नेता झपट रावलले अध्यक्ष ओलीले १० बुँदे पक्षधरमाथि कत्लेआम गरेको प्रतिक्रिया दिए । अर्का नेता निरज आचार्यले जाजरकोटको सह इन्चार्जमा गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।​

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस