नेपाली कांग्रेस कालिकोट जिल्लाका कोषाध्यक्ष भानुभक्त सन्ज्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार सुर्खेतमा एक कार्यक्रमकाबीच उनलाईमाओवादी केन्द्र नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले माओवादी केन्द्रमा स्वागत गरेका हुन। सन्ज्याल नेपाली कांग्रेस कालिकोट जिल्ला कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
विज्ञापन
माओवादी केन्द्रप्रवेश गर्दै उनले भने ‘कांग्रेसले जनतालाई धोका दिएका कारणले म माओवादी केन्द्रमा प्रवेश गरेको हुँ। माओवादी केन्द्रबाहेक अन्य राजनीतिक दलले जनताको सेवा गर्दैनन् ।’
विज्ञापन
लामो समय जिल्ला स्वास्थ कार्यालय कालिकोटमा काम गरेका सन्ज्याल २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरकारी जागिरबाट राजीनामा दिएर नेपाली कांग्रेसबाट कालिकोटको पचालझरना गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका थिए । उनी माओवादी केन्द्रका उम्मेदवार खड्कराज सेजुवालसँग पराजित भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु