सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओली गुटभित्र हनुमान मात्र छन्, ओलीका कारण कम्युनिस्ट आन्दोलन धरापमा पर्‍यो : खतिवडा
समाचार

केपी ओली गुटभित्र हनुमान मात्र छन्, ओलीका कारण कम्युनिस्ट आन्दोलन धरापमा पर्‍यो : खतिवडा

पाल्पा । 

स्वास्थ्यमन्त्री तथा नेकपा समाजवादीका नेता विरोध खतिवडाले एमालेका अध्यक्ष केपी शर्मा ओली गुटभित्रको हनुमान र ‘बा’ नेता भएको आरोप लगाएका छन् । उनले एउटा व्यक्ति (ओली) धुन्धुकारी रुपमा नेतृत्वमा आएपछि कम्युनिस्ट आन्दोलन नै धरापमा पारेको बताए ।

विज्ञापन

 

विज्ञापन

 

नेकपा एकीकृत समाजवादीले सदरमुकाम तानसेनमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले पार्टीलाई व्यक्तिगत सम्पत्ति ठान्दा अहिलेको परिस्थिति आएको बताए ।

‘आफू वरिपरी हिँड्ने हनुमानलाई मात्र कार्यकर्ता देख्दाको परिणाम पनि हो,’ उनले भने, ‘पार्टीका नेताहरूलाई मिल्काएर हनुमान भक्तहरूको नेता बन्न पुगेका हुन् ।’ उनले केपी ओलीले बैठक नराख्ने, पार्टीको बैठकको एजेण्डा नमान्ने, विधानलाई अटेरी गर्ने काम गरेको पनि आरोप लगाए ।

‘मुखमा रामराम बगलीमा छुरा प्रवृत्ति ओलीमा देखियो,’ उनले भने, ‘नीतिप्रधान भन्दा पनि नेताप्रधान गर्दा नै माधव–झलनाथहरूले फरक नेतृत्व गरेको हो ।’ ओलीले आफू प्रधानमन्त्री हुनका लागि कसैलाई थाहा नदिइकन माओवादी केन्द्रसँग एकता गर्दा पार्टी बैठकसमेत नबोलाएको नेता खतिवडाले बताए ।

 

सम्बोधनको अधिकांश समय पूर्वप्रधानमन्त्री केपी ओलीको विरोधका लागि खर्चिएका थिए । पाल्पास्थित अस्पतालको अवलोकन गर्न पुगेका मन्त्री खतिवडाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले अस्पताल व्यवस्थापनका लागि जग्गा व्यवस्थापनमा सहयोग गर्ने बताए । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरेको भन्दै छुटेका सबै नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन पनि आग्रह गरे । ‘अहिले खोपको कुनै अभाव छैन । कुनै पनि नागरिक कोरोना विरुद्धको खोपबाट बञ्चित हुन पर्दैन,’ उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस