मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • एक्लै हिँड्ने अहंकारले ओरालो लागिन्छ : प्रचण्ड
समाचार

एक्लै हिँड्ने अहंकारले ओरालो लागिन्छ : प्रचण्ड

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्न नहुने बताएका छन्। शुक्रवार नेपाली काँग्रेसको १४ औं महाधिवेशन सत्रमा बोल्दै प्रचण्डले अहंकार गर्नेहरूको ओरालो यात्रा सुरु भएको स्मरण गराए।

विज्ञापन

उनले सबै राजनीतिक दल एकसाथ मिल्नुको विकल्प नरहेको बताए। उनले विगतका सबै आन्दोलनहरू प्रमुख राजनीतिक दलहरूको एकताबाटै सम्भव भएको बताए। ‘हामी एक्लै हिँड्ने अहंकार कसैले नगरौं,’ प्रचण्डले भने, ‘हामीले राजनीतिक प्रतिष्पर्धा गरे पनि त्यहाँभित्र एकता गर्नै पर्ने हुन्छ। जसले अहंकार देखायो, त्यसको ओरालो यात्रा सुरु भयो भन्ने नेपालको इतिहासले देखाएको छ।’

विज्ञापन

प्रचण्डले अहिले प्राप्त भएको उपलब्धि पनि गठबन्धनबाटै प्राप्त भएकोले अब पनि त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ‘अहिले हामीले जे सफलता प्राप्त गरेको भनेका छौं, त्यो गठबन्धनबाट प्राप्त भएको हो,’ प्रचण्डले भने। उनले २००७ सालपछिका आन्दोलन र क्रान्तिमा दलहरूको एकता र गठबन्धनबाट सफलता प्राप्त भएको बताए। उनले दलहरुबीच समझदारी कायम गर्ने र देशलाई सुशासनको युगतिर लैजान उचित नीति निर्धारण गर्न काँग्रेस महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे।

प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत जवाफ फर्काएका थिए। लिङ्देनले राजनीति दलका नेताहरूलाई गाउँघरमा कुन चोरको कार्यक्रम भनेर भन्ने गरेको बताएका थिए। उक्त कुरा गलत भएको प्रचण्डले बताएका थिए। उनले भने, ‘अघि यही सभामा सम्बोधन गर्ने एक जना व्यक्तिले नेताहरू गाउँमा जाँदा चोर आयो भन्छन् भने, तर यो गलत हो। यो के-का निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक दलका नेतालाई दमन गर्न खोजिन्छ, त्यो निरंकुश तानाशाह जन्माउने षडयन्त्र हो, यसमा सतर्क हुनुपर्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस