बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • साझा उम्मेदवार रामचन्द्र पौडेललाई नै बनाउने निर्णय, प्रकाशमान र शेखर सम्पर्कविहीन
समाचार

साझा उम्मेदवार रामचन्द्र पौडेललाई नै बनाउने निर्णय, प्रकाशमान र शेखर सम्पर्कविहीन

काठमाडौं । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै अगाडि बढाउने निर्णय भएको छ ।

विज्ञापन

महामन्त्री डा. शशांक कोइराला निवासमा बिहीवार साँझ बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले नेता पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

विज्ञापन

केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र गगनकुमार थापा लगायत सहभागी बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर सभापतिका आकांक्षीहरू प्रकाशमान सिंह र शेखर कोइराला बैठकमा नआई सम्पर्कविहीन भएका स्रोतले जानकारी दिएको छ । दुवै आकांक्षी प्रकाशमान र शेखर नआएपछि बैठकले पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिका उम्मेदवार बन्ने भएका छन् । पार्टी महाधिवेशन भोलि शुक्रबारदेखि सुरू हुने भएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस