चितवन ।
भरतपुर महानगरपालिकका भूमिहिनहरुले माघ १५गते भित्र लाल पुर्जा पाउने भएका छन् । महानगरका प्रमुख रेणु दाहालले माघ १५ गतेभित्र भूमिहिनहरुको हातहातमा लाल पुर्जा आइपुग्ने बताएकी हुन् ।
विज्ञापन
बुधबार मुसहर समुदायलाई घर हस्तान्तरण कार्यक्रममा मेयर दाहालले भनिन् ‘यहाँ १० हजार २९ परिवार भूमिहिन् छन् ,आगामी माघ १५ गते भित्र हामी हातहातमा लाल पुर्जा पु¥याउँछौँ ।’ अहिले सबै भूमिहिनहरुको लगत संकलन कार्य सम्पन्न भइसकेको बताइन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु