शुक्रबार, भदौ २६, २०८२
  • होमपेज
  • समाचार
  • एमालेको झण्डा अब बाँदरको हातमा थमाउनुपर्ने अवस्था आउँछ : माधव नेपाल
समाचार

एमालेको झण्डा अब बाँदरको हातमा थमाउनुपर्ने अवस्था आउँछ : माधव नेपाल

सुनसरी । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको जिकिर गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताए ।

 

एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने भन्दै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको दाबी गरे । उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको भन्दै व्यंग्य समेत गरे ।

अध्यक्ष नेपालले एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दैगएको पनि दाबी गरेका थिए । यस्तै सत्ता गठबन्धन दलहरूको अगाडि ओलीको केही नलाग्ने उनको भनाइ थियो ।

 

‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाइदिसकेको छ । पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउनेछ, त्यहाँ रहेकाहरूको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ,’ नेता नेपालले भनेका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस