मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • १० नेताप्रति माधवको कटाक्ष : सुतौं निद्रा छैन, उठौं चैन छैन
समाचार

१० नेताप्रति माधवको कटाक्ष : सुतौं निद्रा छैन, उठौं चैन छैन

इटहरी ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका नेतालाई लक्षित गर्दै कटाक्ष गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

नेकपा एसको दुई दिने प्रदेश १ भेलाको उद्घाटन गर्न आएका नेपालले भने, ‘त्यहा बस्नेहरुलाई सुतौं निन्द्रा छैन, उठौं चैन छैन’ भन्दै कटाक्ष गरेका हुन् ।

नेता नेपालले एमाले विभाजन गर्दा भीम रावल लगायतका नेताहरुले उनलाई साथ दिएका थिएनन् । रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, घनश्याम भुसाल लगायतका नेताहरुले नेपाललाई पार्टी विभाजनमा साथ नदिइ एमालेमा नै बसेका थिए ।

नेपाललाई साथ नदिइ अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरी एमालेमा नै फर्किएका थिए । ओलीसँग सहमति गर्दा एमालेमा नै फर्किएका उनीहरु अहिले भने तितरवितर भइसकेका छन् ।

नेकपा एमालेले जबजलाई नारायणी किनारमा बगाएको आरोप लाउदै नेता नेपालले नेकपा एस क्रान्तिकारी पार्टी भएको बताए । उनले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता र परिवर्तित रूपमा आफ्नो पार्टी आएको दाबी गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस