बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा दुईजना व्यक्तिमा ओमिक्रोन भेरिअन्टको सङ्क्रमण पुष्टि
समाचार

नेपालमा दुईजना व्यक्तिमा ओमिक्रोन भेरिअन्टको सङ्क्रमण पुष्टि

काठमाडौं ।

नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिइएको हो ।

विज्ञापन

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको छ। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो। दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस