सोमवार, पुस १, २०८१
  • होमपेज
  • समाचार
  • पत्रकार आचार्यद्धारा ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना
समाचार

पत्रकार आचार्यद्धारा ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना

चितवन । 

चितवनमा पहिलो पटक क्रान्तिकारी पत्रकारका लागि ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना गरिएको छ । प्रेस सेन्टर चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्यले आफ्नो छोरा अग्रिम आचार्यको नाममा १ लाख १ हजार ५ सय रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको हो ।

विज्ञापन

आज एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकार राजेन्द्र आचार्य र उहाँका बुवा हरिप्रसाद शर्माले अक्षयकोषका लागि चेक हस्तान्तरण गर्नुभएको थियो । सौराहा अनलाइनको सञ्चालक मिडिया अग्रिम मिडिया नेटवर्क प्रालिको पहलमा स्थापना गरिएको अक्षयकोषबाट आउने ब्याजले हरेक बर्ष जिल्लामा क्रियाशिल एक जना क्रान्तिकारी युवा पत्रकारलाई पुरस्कार प्रदान गरिने पत्रकार आचार्यले जानकारी दिनुभयो ।

विज्ञापन

 

चितवनमै पहिलोपटक स्थापना गरिएको क्रान्तिकारी पत्रकारिता पुरस्कारको अक्षयकोषलाई बढाएर ५ लाखसम्म पुर्याईने आचार्यका बुवा हरिप्रसाद शर्माले जानकारी दिनुभएको छ । सो रकमको चेक पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रेस सेन्टरका जिल्ला अध्यक्ष सुर्य पाठकलाई हस्तान्तरण गर्नुभएको थियो । आचार्य सौराहा अनलाइनको अध्यक्ष तथा प्रधान सम्पादक समेत हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस