चितवन।
विज्ञापन
नेकपा माअाेवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) चितवनको जिम्मेवारी हेरफेर भएकाे छ । नयाँ नेतृत्व अाएका केही महिनामा नै जिल्लामा फेरि नयां ईन्चार्ज र संयाेजक ताेकिएकाे छ । जस अनुसार यस अघि जिल्ला ईन्चार्ज ताेकिएका सन्ताेष पनेरूलाई वागमती प्रदेशमा लगिएको छ । भने साजन अधिकारीलाई जिल्ला ईन्चार्जकाे जिम्मेवारी दिएकाे छ । भने पश्चिम चितवनमा लोकप्रिय युवा राम गोदार जिल्ला अध्यक्ष चयन भएका छन् ।
विज्ञापन
वाइसीएलले पद हेरफेर गर्दै गोदारलाई चितवन संयोजक बनाएको हो । यसअघि चितवन संयोजकमा साजन अधिकारी रहेका थिए। उनलाई चितवनको इन्चार्ज बनाएको छ । यसअघि चितवन इन्चार्जमा चयन भएका सन्तोष पनेरुलाई बागमती प्रदेश सह–संयोजकको जिम्मेवारी तोकिएको वाईसीएलका युवा नेता अबिरल पाेखेरेलले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु