बुधबार, पुस ३, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा पलाएको निरंकुशताले भीम रावल मात्रै होइन, सबै जल्छन् : गगन थापा
समाचार

एमालेमा पलाएको निरंकुशताले भीम रावल मात्रै होइन, सबै जल्छन् : गगन थापा

काठमाडौं।

 

विज्ञापन

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चर्चित युवा नेता गगन थापाले नेकपा एमाले चितवनको सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको आरोप लगाएका छन् ।

विज्ञापन

बागमती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीको समर्थनमा मकवानपुरको हेटौंडामा मत माग्दै थापाले एमालेले १०औं महाधिवेशन गरेको चितवनको नारायणी किनारमा लोकतन्त्रलाई सम्पूर्ण सस्कांरसहित तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको आरोप लगाए ।

नेता थापाले भने, ‘एमालेले पार्टीभित्रको लोकतान्त्रिक संस्कार र विधि पुर्‍याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरु मात्रै होइन, सबै जल्छन् ।’

कांग्रेसले विभिन्न शक्तिसँग लड्न प्रदेश अधिवेशनबाटै सक्षम नेतृत्व चयन गर्दै जानुपर्ने बताएका छन् । आन्तरिक चुनाव भन्दै लरतरो ढंगले अघि बढे चाहे अनुसारको कांग्रेस नबन्ने थापाले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस