अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुग्न सकिने कार्यक्रम सरकारले ल्याएको बताएका छन् ।
विज्ञापन
शुक्रवार मोरङको विराटनगरमा मोरङ व्यापार संघको ६५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुर्याउने आफ्नो लक्ष्य रहेको बताए ।
विज्ञापन
बाह्य पर्यटकलाई ल्याउन सो योजना कार्यान्वयनमा सरकार रहेको उनले बताए । सिमानाको जनसंख्यालाई आधार मानेर सो कार्यक्रम ल्याएको उनले बताए ।
‘लोडसेटिङ अन्त्य गर्छु भन्दा मलाई धेरैले हावादारी भनेका थिए,’ उनले भने, ‘धेरै पत्रपत्रिकाले हावादारी समेत लेखे ।’
उनले ५ वर्ष कस्सिएर काम गर्न सक्दा परिवर्तन गर्न सकिने बताए । पार्टीका नेताहरूको सत्ताको होडबाजीका कारण पनि समस्या उत्पन्न भएको उनले बताए । संघले सबैै अधिकार आफ्नै हातमा राखेका कारण समेत सोचेजस्तो आर्थिक क्षेत्रले परिवर्तन गर्न नसकेको उनले बताए ।
काम गर्ने स्थानीय तह र प्रदेश सरकार भएकाले बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । अधिकार खोस्छन् भनेर संघसंस्थालाई समेत बलियो बनाउन नदिने प्रचलनका कारणले अर्थतन्त्र चलायमान नभएको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु