बिहिबार, भदौ १८, २०८२
  • होमपेज
  • समाचार
  • पार्टीले कारबाही गरेका व्यक्ति राखेर २८ गते संसद् चल्न सक्दैन : अध्यक्ष ओली
समाचार

पार्टीले कारबाही गरेका व्यक्ति राखेर २८ गते संसद् चल्न सक्दैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही गरेकाहरूलाई हलमा राखेर संसद् चल्न नसक्ने बताएका छन्। थापाथलीस्थित पार्टी कार्यालयमा पदवहाली गर्दै ओलीले साउन २५ गते पार्टीबाट निकालेबाट व्यक्तिहरू राखेर मंसिर २८ गते संसद् चल्न नसक्ने बताए।

‘संसद् किन बोलाइएको हो सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला। हामीले निष्कासन गरेका व्यक्तिहरूलाई संसद्मा राखेर कसरी चल्छ ? साउन २५ गते पार्टीबाट निकालेबाट व्यक्तिहरू राखेर २८ गते संसद् चल्दैन’, उनले भने।

विज्ञापन

सभामुख सत्ता पक्षसँग मिलेर एमाले फुटाउन लागेको उनले बताए। सभामुखको पद निष्पक्ष नदेखिएको उनको टिप्पणी थियो। ताजा जनादेश नै अहिलेको निकास भएको उनले बताए। ताजा जनादेशमा जान डराउन नहुने उनको भनाइ छ।

विज्ञापन

गठबन्धनको सरकारबाट देश चल्न नसकेको उनको भनाइ छ। ‘भद्रगोल र बेथिति छ देशले लामो समय थेग्न सक्दैन। हामीले छिटोभन्दा छिटो ताजा जनादेशमा जान भनिरहेका छौं‘, उनले भने। सरकारले हरेक क्षेत्रलाई निकम्मा बनाएर लोकतन्त्रलाई भत्काउने काम गरिरहेको उनको आरोप छ। सरकारका कतिपय घटकको काम नै बिगार्ने र भत्काउने मात्रै रहेको उनले टिप्पणी गरे।

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस