शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • नेपालबाट एमसीसी फिर्ता लैजान अमेरिकामा बैठक !
समाचार

नेपालबाट एमसीसी फिर्ता लैजान अमेरिकामा बैठक !

काठमाडौं ।

अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ।नेपालको संसद्‍मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले बोर्ड बैठक बोलाएको हो।

विज्ञापन

नेपालका राजनीतिक दलबीच तालमेल नमिल्दा संसदबाट एमसीसी पारित गर्ने प्रक्रि या अवरुद्द छ । एमसीसी मुख्यालयले डिसेम्बर १४ मा वासिङटनमा बस्ने बैठकमा नेपाल कम्प्याक्ट बारेमा छलफल हुने जनाएको छ। एमसीसीबारे दलहरु विभाजित भइरहेका बेला बस्न लागेको बैठकले नेपाल कम्प्याक्टबारे महत्वपूर्ण निर्णय लिन सक्ने स्रोतले बताएको छ।

विज्ञापन

अमेरिकाले एमसीसीअन्र्तगत ६० अर्ब रुपैयाँ अनुदान दिने भनेको छ। एमसीसी कार्यान्वयनअघि संसदबाट पारित गर्नुपर्ने व्यवस्था भएपछि नेपालका राजनीतिक दलहरु सोबारे विभाजित छन् । अमेरिकाले दिने भनेको झण्डै ६० अर्ब

रुपैयाँ नेपालको उर्जा र सडकलगायत पूर्वाधार विकासमा प्रयोग गरिने भनिएको छ। तर एमसीसी कार्यान्वयन गर्न भएको ढिलाइबाट नेपाली जनता त्यसको लाभ लिनबाट बञ्चित भइरहेको एमसीसी मुख्यालयले जनाउँदै आएको छ ।

डिसेम्बर १४ अर्थात मंसिर २८ गते नै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय स‌ंसद्को दुवै सदन बोलाएकी छिन् । यद्यपि संसद्‍मा एमसीसीसम्बन्धी प्रस्ताव लगिने/नलगिने भन्नेबारे भने सरकारले केही स्पष्ट पारेको छैन ।
अमेरिकी सहायक विदेशमन्त्री लुसँगको भेटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्झौता अनुमोदन गर्ने बताएका थिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति गरेर अघि बढ्ने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफूहरूसँग एमसीसीबारे सरकारले कुनै छलफल नगरेको बताएका थिए । अमेरिकाले भने नेपालले तत्काल एमसीसीबारे टुंगो नलगाए अन्यत्रै लैजाने बताएको छ ।
सन् २०१७ मा नेपाल र एमसीसीबीच सम्झौतामा हस्ताक्षर भएको थियो । ‘एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने विशुद्ध नेपालकै हातमा छ । तर नेपालले छिटो निर्णय गरिदिए सहज हुन्छ,’ सहायक विदेशमन्त्री लुले नेताहरूसँग भनेका थिए, ‘धेरै मुलुक एमसीसी सहयोगलाई कुरेर बसिरहेका छन् ।’
उनले एमसीसी सम्झौता संसद्मा छलफल गरेर अघि बढाउन उपयुक्त हुने बताए । ‘लोकतन्त्रमा कुनै पनि विषयमा पर्याप्त छलफल आवश्यक छ । हामी एमसीसीमाथि पनि छलफल होस् भन्ने चाहन्छौं,’ उनले भनेका थिए, ‘तर हाम्रो चासोको विषय भनेको गलत सूचना प्रचार हो । यस विषयमा फातिमा सुमार (एमसीसीकी उपाध्यक्ष) ले पनि भनेकी थिइन् ।’ लुले एमसीसीका विषयमा कसरी गलत सूचना प्रचार भयो भन्नेबारेमा आफूलाई थाहा नभएको प्रस्ट पारे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस