आइतवार, पुस ७, २०८१
  • होमपेज
  • समाचार
  • माओवादीले अझै क्रान्ति छाडेको छैन : प्रचण्ड
समाचार

माओवादीले अझै क्रान्ति छाडेको छैन : प्रचण्ड

काठमाडौं।

 

विज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडाँमा पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताए।

विज्ञापन

 

‘परिवर्तनको रक्षा गर्न र समाजवादको यात्रालाई पूर्णता दिन माओवादी केन्द्रलाई बलियो बनाउनुको कुनै विकल्प छैन। हिजो गणतन्त्रविरुद्ध लागेकाहरु आज पनि गणतन्त्रविरोधी नै छन्। हिजो संघीयताको विरोध गर्नेहरु आज पनि संघीयताको विरोध गरिरहेका छन्,’ उनले भने।

उनले क्रान्ति अझै नसकेको भन्दै निरन्तर अगाडि बढिरहेको बताए। ‘राजनीतिक परिवर्तन सजिलै भएको होइन। क्रान्ति निरन्तर अघि बढिरहन्छ। हामी नेकपा माओवादी केन्द्र क्रान्तिका बाँकी कार्यभारलाई पूरा गर्छौं। यो संविधानलाई पूर्णता दिन तीनपटक संसोधन दर्ता पनि गराएको थियो। संसोधन हुन नदिन षड्यन्त्र गरियो। माओवादीलाई संघीयता छोडेको पनि आरोप लगाइयो,’ प्रचण्डले भने, ‘मैले संविधान संसोधन प्रस्ताव राख्दा एमालेको केपी गुट चाहिँ मधेसविरोधी थियो। आदिवासी जनजातिको विरोधी छ। दलित महिलाविरोधी छ। उसैको कारण संविधान संसोधन भएन।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस