शुक्रबार, पुस ५, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीले दुई दिनसम्म मान्छे भेला गरेर गिड्गिडाए : विश्वप्रकाश शर्मा
समाचार

केपी ओलीले दुई दिनसम्म मान्छे भेला गरेर गिड्गिडाए : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशभरबाट आएका नेताका माझ दुई दिनसम्म अध्यक्ष बन्छु भनेर गिड्गिडाउनुलाई शक्ति प्रदर्शन भन्न नमिल्ने टिप्पणी गरेको छन्।

१४ औँ महाधिवेशनको तयारीबारे जानकारी दिन ललितपुरको झम्सिखेलमा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

विज्ञापन

‘पार्टीका मान्छे भेला गरेर एकजनाले म अध्यक्ष हुन्छु भनेर २ दिन गिड्गिडाउनु शक्ति प्रदर्शन हो?,’ पत्रकारले एमालेको चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा देखिएको सहभागिताका बारेमा राखेको प्रश्नमा उनले भने।

विज्ञापन

प्रवक्ता शर्माले एमालेको महाधिवेशनतर्फ लक्षित गर्दै कुनै नेतालाई पर्चा बाँड्नबाट रोक्ने जस्ता गतिविधि कांग्रेसमा नहुने पनि प्रष्ट पारे।

एमाले महाधिवेशनमा अध्यक्षका उम्मेदवार भीम रावललाई ओली पक्षधरले ‘भोट नहाल्ने सूची’ वितरण गरेको थियो।

कांग्रेसमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने उनको भनाइ थियो।

‘महाधिवेशन वा अरू बेला पनि कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइन्छ। भोट नहाल भन्ने सूची वितरण गर्नेजस्ता क्रियाकलाप हुने छैनन्,’ शर्माले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस