लमजुङ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदाे चुनावसम्म जाने बताउनुभएको छ ।
विज्ञापन
नेकपा माओवादी केन्द्र दोर्दी गाउँपालिका लमजुङको प्रथम पालिका अधिवेशन घोषणा सभालाई आज बुधवार सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
विज्ञापन
राष्ट्रियता, संविधान र नागरिककाे सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनाइएको उहाँकाे भनाइ छ । ‘प्रति क्रान्तिको खतरा हुँदासम्म हामी परिवर्तनका शक्तिहरूले राष्ट्रियता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सहमति गरेका छौँ । पाँच दलीय गठबन्धनको सरकार छ ।’, उहाँले भन्नुभयो, ‘अहिले केन्द्र र सात वटै प्रदेशमा गठबन्धनको सरकार छ ।’
आवश्यक पर्दा आउँदाे चुनावसम्म गठबन्धन मोर्चा बनाएर अघि जाने सोचमा रहेको उहाँले बताउनुभयो । ‘ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन रक्षा र त्यसका अगाडि आउन सक्ने प्रतिगमन, प्रति क्रान्तिलाई पराजित गर्न त्यो आवश्यकता महसुस गरिएको र सहकार्यद्वारा अघि बढ्ने गठबन्धनको प्रतिबद्धता रहेको छ’, उहाँले भन्नुभयो ।
पालिका अधिवेशनले नेकपा माओवादी केन्द्र दोर्दी गाउँ समितिको अध्यक्षमा सागर गुरुङलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा रविन्द्र अधिकारी (लमजुङ), चिनबहादुर गुरुङ, आरती गुरुङ, सचिवमा सोमराज गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक र अन्य सदस्यमा चयन भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु