चितवन।
चितवनमा सेवाग्राहीबाट घुस लिँदैगर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन प’क्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका वडा नम्वर २० का अमिन विरेन्द्र बहादुर कठायतलाई घुस लिँदैगर्दा प’क्राउ गरेको हो ।
विज्ञापन
मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घुस लिएका हुन् । ३८ कठ्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशवण्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय र मालपोत पुगेका थिए । जग्गाको अशंवण्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसंग कार्यालय प्रमुख र अमिनले घुस मागेका थिए । अशंवण्डा गर्दा पनि घुस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
विज्ञापन
प्रमुख पौडेलको साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालय भित्रै रहेको क्वाटरमा घुस लिँदैगर्दा प’क्राउ गरिएको हो । प्रमुख पौडेलले १५ लाखको चेक घुस नभई आफुले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन ।
यस्तै अमिन कठायतको साथबाट ३ लाख ५० हजारको चेक र नगद १ लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनलाई भरतपुर ४ धर्मचोक लंकुमा रहेको एक रेष्टुरेन्टबाट प’क्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घुस रकम सहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि संलग्न हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु