नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको नेतृत्व तहबाट बिदा लिएको घोषणा गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा कहीँ पनि नसमेटेपछि पण्डितले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका हुन्।
विज्ञापन
सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएँ। दसौँ महाधिवेशनबाट विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना!’
विज्ञापन
एमाले नेता पण्डित अहिले दशौँ महाधिवेशन निर्वाचन अध्यक्षमण्डलको सदस्य पनि छन्।
उपाध्यक्षका दावेदार पण्डितको नाम ओलीको सूचीमा परेको थिएन। पार्टीको नवौँ महाधिवेशनमा उनले उपाध्यक्ष पदमा माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए। तर पराजित भएका थिए।
अहिले उनी संघीय सांसद छन्। उनले मोरङमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए।
फेसबुक प्रतिक्रियाहरु