चितवन।
विज्ञापन
नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा अध्यक्षमण्डलको बैठक चलिरहेको बेला पार्टीका उपमहासचिव विष्णु पौडेल फन्किएर बाहिरिएका छन् ।
विज्ञापन
सहभागीहरूका अनुसार अध्यक्षमण्डलले आजै पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाउने तयारी गरिरहेका बेला पौडेल बाहिरिएका हुन् । उनी कोसँग किन रिसाए भन्ने खुलेको छैन ।
उनी बाहिरिएसँगै यतिवेला प्रतिनिधिहरू धमाधम बन्दसत्रबाट बाहिर निस्कन थालेका छन्।
पौडेल पनि अध्यक्षमण्डलको बैठकबाट निकै क्रोधित मुद्रामा बाहिरिएपछि हल्लाखल्ला मच्चिएको छ । सालिन पाराका पौडेल नरिसाउने स्वभावका व्यक्ति हुन ।
उनलाई दुई जनाले सम्हाल्न खोज्दा पनि नसकेपछि उनी बाहिरिएका छन्।
फेसबुक प्रतिक्रियाहरु