बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाचार
  • म अघि बढिसकेँ, अध्यक्षबाट ब्याक हुन्न : भीम रावल
समाचार

म अघि बढिसकेँ, अध्यक्षबाट ब्याक हुन्न : भीम रावल

काठमाडाैं।

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अध्यक्ष पदका लागि गरेकाे उम्मेदवारी घाेषणाबाट आफू ब्याक नहुने बताएका छन्। विभिन्न लक्ष्य र मान्यतासहित अध्यक्ष पदमा लड्ने तयारी गरिसकेकाे बताउँदै उनले काेही कसैले भन्दैमा आफू त्यसबाट ब्याक नहुने बताएका हुन्।

विज्ञापन

यसैबीच, उनले नेकपा एमालेकाे आसन्न महाधिवेशनमा कसैकाे पनि प्यानल नरहने स्पष्ट पारेका छन्। कसैले पनि प्यानल नबनाउने भन्ने पार्टीकाे निर्णय अनुसार आफू अगाडि बढेकाे बताउँदै रावलले ओलीसँग प्यानलविहीन प्रतिस्पर्धा गर्ने बताए। उनले ओलीले प्यानल बनाए आफूले पनि प्यानल बनाएर नै अगाडि बढ्ने स्पष्ट पारेका छन्।

विज्ञापन

कुनै पनि प्यानल नबनाई एक्लै उम्मेदवारी घोषणा गरेका रावलले पार्टीमा प्यानल नबनाउने नीति रहेकाले एक्लै उम्मेदवारी घोषणा गरेको बताए । अध्यक्ष पदमा रावलले गरेकाे उम्मेदवारी घाेषणा फिर्ता गर्नुपर्ने केही नेताहरुले बताउँदै आएका छन्। तर रावलले भने कसैले भनेकै भरमा आफूले गरिसकेकाे घाेषणा फिर्ता नगर्ने अडान लिएका छन्।

नेकपा एमालेकाे आसन्न महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली सर्वसम्मत दाेहाेरिने चर्चा चलिरहेका बेला रावलले उम्मेदवारी घाेषणा गरेर ओलीलाइ चुनाैति दिएका हुन्। यद्यपि, अध्यक्ष ओलीले भने रावलकाे उम्मेदवारी घाेषणा कुनै चुनाैतिकाे विषय नभएकाे बताउँदै आएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस