काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उद्देश्यका साथ गरिएको प्रतिनिधिसभा विघटनलाई जनताले विफल पारेको बताएका छन् ।
विज्ञापन
मंगलबार काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरूले संविधानलाई खारेज गर्ने तथा राजतन्त्रका साथ ०१७ साल फर्काउन गरेको प्रतिनिधिसभा विघटन असफल भएका बताएका हुन् ।
विज्ञापन
अहिले पनि केहीलाई आन्दोलनबाट प्राप्त परिवर्तन मन नपरेको भन्दै उनले सबैले संविधानलाई जोगाउनुपर्ने बेला आएको बताए । प्रचण्डले नेपालको राजनीति परिवर्तनको प्रक्रिया चक्रव्यूहमा पुगेको र यसलाई निकाल्नुपर्ने बताए ।
त्यस्तै उनले निर्वाचन प्रणाली र शासकिय स्वरूप तथा पहिचानका विषयमा संविधान संशोधन गर्नुपर्ने बताए । उनले संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी केपी ओली नै भएको पनि बताए ।
फेसबुक प्रतिक्रियाहरु