नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिन नसकिने बताएका छन्।
चितवनमा हुन लागेको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा सम्पदाकहरुसँग आयोजित अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले नेपाल नेतृत्वको समूहले पार्टीको हैसियत पाउन नसक्ने बताए।
‘आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने काममा लागेका थिए माधव नेपलाहरु। उनीहरु चोइटिएर जाँदा राम्रो भयो’, ओलीले अगाडि भने, ‘एमाले फुटाउन दलसम्बन्धी कानुनको थ्रेस होल्ड २० प्रतिशतमा झारियो। उनीहरुले निकै अघिदेखि पार्टी फुटाउने चेस्टा गरेका थिए। माधव नेपालसहितलाई पार्टी मान्न सकिन्न। उनीहरू पार्टी नै होइनन्, त्यही भएर हामीले महाधिवेशनमा नबोलाउने निर्णय लिएका हौँ।’
विज्ञापन
उनले माधव नेपलाहरुले छाडेर गए पनि एमालेका मतदाता नघटेका तर्क गरे। छैनन्। ‘केही मानिसले छाड्दा पनि जिल्ला जिल्लामा ९ सयदेखि ४५ सयसम्मा मानिस प्रवेश गरेका छन्’, उनले भने, ‘नेपालगन्जमा ४५ सय, धनकुटामा ९ सय र झापामा १५ सय प्रवेश गरे। एमाले सुदृढ र व्यापक छ, जनता एमालेको साथ छ भन्ने सन्देश दिँदैछ।’
विज्ञापन
ओलीले अबको चुनावबाट एमाले नै बहुमतसहित सरकारमा आउने पनि जिकिर गरेका छन्।
अध्यक्ष ओलीले चितवनमा महाधिवेशन गर्दैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आत्तिनुको कुनै अर्थ नरहेको बताए।
‘रोल्पामा गरौँ, प्रचण्ड अलिक अगाडि लडेका थिए, सिरहामा गरौँ त्यहाँ पनि लडेका थिए। काठमाडौंमा पनि लडेकै हुन्,’ ओलीले भने, ‘प्रचण्डले झापा आएर महाधिवेशन गरे हुन्छ। मेरै क्षेत्रको दमकमा आएर महाधिवेशन गर्दा मलाई फरक पर्दैन।’
उनले आफू चितवनको बाटो हिँड्दा पनि प्रचण्ड तर्सिने गरेको पनि बताए। ‘म चितवनबाट हिँडे भने पनि मलाई सिद्याउन आयो भन्छन् प्रचण्डले,’ उनले भने, ‘सिपी मैनालीले महाधिवेशन सकेपछि केही मानिसहरुले यहीँ आएर महाधिवेशन गर्नुपर्छ भनेछन्। सायद मलाई होइन, सीपी मैनालीलाई नै भनेको होला। प्रचण्डले दमकमा मेरै निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे हुन्छ।’
फेसबुक प्रतिक्रियाहरु