काठमाडाैं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीभित्र भिलेनका रुपमा एमाले अध्यक्ष केपी ओली देखा परेको बताएका हुन् ।
विज्ञापन
उनले कम्युनिस्टहरु एक भएपछि धेरै ठूलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि समाधान गर्न सकिएला भन्ने सपना देखेर पार्टी एकता गरेपनि त्यो हुन नपाएको बताए । उनले भने, ‘सपना त धेरै ठूलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखा परेपछि दुःख पाइयो।’ प्रचण्डले अहिले नयाँ भूमि आयोग बनेको भन्दै भूमि व्यवस्था मन्त्रालय आफ्नै पार्टीको जिम्मेवारीमा परेकाले भूमि सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको बताएका छन् ।
विज्ञापन
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अगाडि भने, ‘पूर्व, मध्य र पश्चिम तीनवटै क्षेत्रमा नमुना जिल्लाहरु छानेर लालपूर्जा वितरण गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कोशिश गर्ने कामको सुरुवात गर्न भनेको छु।’ उनले केही दिनभित्रै भरतपुरमा सुकुम्वासीहरूलाई लालपूर्जा वितरण हुने आश्वासन समेत दिए ।
फेसबुक प्रतिक्रियाहरु