मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वी चितवनमा एमालेको गढ भत्काएर माओवादी विजयी हुन्छ : प्रचण्ड
समाचार

पूर्वी चितवनमा एमालेको गढ भत्काएर माओवादी विजयी हुन्छ : प्रचण्ड

रत्ननगर  ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वी चितवनमा पहिला देखि मानिदै आएका एमालेको गढ भत्काएर छाड्ने दावी गरेका छन् ।

विज्ञापन

सोमवार रत्ननगरमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचनका हिसावले पूर्वी चितवन एमालेको गढ मानिदै आएको भन्दै आगामी तीनै तहको निर्वाचनमा त्यो गढ भत्काएर छाड्ने बताए । गएको तीनै तहको निर्बाचनमा पूर्वी चितवनका चारवटै नगरपालिका,संघ र प्रदेशको निर्वाचनमा एमाले विजयी भएको थियो ।

विज्ञापन

कार्यक्रममा प्रचण्डले पूर्वी चितवनमा विगतको अबस्था नरहेको बताए । एमालेको गढ भत्किन्छ उनले भने अब सबै पालिकामा माओवादी विजयी हुने छ । प्रचण्डले आगामी निर्वाचनमा जित हासिल गर्न माओवादी जनताको बीचमा जान थालेको बताए । एमालेको गढ भत्काउछौं भन्ने दृढ विश्वासका साथ जनताको बीचमा जान जरुरी रहेको भन्दै प्रचण्डले एमालेले गरेका पछिल्ला गलत कदमले पनि एमालेको गढ भत्काउन सजिलो हुने बताए ।

नेपाली राजनीति माओवादी केन्द्रको वरिपरी घुमिरहेको भन्दै प्रचण्डले माओवादी कमजोर भए देश असफल हुने बताए । राष्ट्रपति,प्रधानमन्त्री अरु पार्टीको भएपनि शक्तिका हिसावले नेपालको राजनीति माओवादी केन्द्रको वरिपरी रहेको उनको भनाई छ । उनले अबको निर्वाचनमा माओवादी गर्जिने बताए । अबको निर्वाचनमा हामी गर्जिदै छौं उनले भने जनताले माओवादीलाई विश्वास गर्ने वाताबरण सृजना भएको छ,अब निर्बाचन हामीले जितिन्छ ।

प्रचण्डले अहिलेको सरकारले नै सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने बताए । जिल्ला जिल्लामा भूमि आयोगको समिति निर्माणको काम सुरु हुदैछ उनले भने अब छिट्टै लालपूर्जा वितरणको काम सुरु हुन्छ । केपि ओलीको चपेटामा परेका कारण शक्तिखोर औद्योगिक क्षेत्रको काम अगाडि बढ्न नसकेको भन्दै प्रचण्डले शक्तिखोरमा औद्योगिक क्षेत्र बन्ने र त्यसको सुरुवात अब हुने बताए ।

प्रदेश साँसद कन्चन खनालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका रत्ननगर नगर कमिटी अध्यक्ष ओमप्रसाद लामिछाने,कालिका नगर अध्यक्ष सविता लामा,खैरहनी नगर अध्यक्ष लक्ष्मी ढकाल,राप्ती नगर अध्यक्ष रामचन्द्र पाठकले पार्टी संगठानिक अबस्थाका वारेमा जानकारी गराएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस