काठमाडौं ।
नेकपा एकीकृत समाजवादीनिकट युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाहीले अबको चुनाबले केपी ओलीको राजनीतिक मृ’त्यु हुने बताएका छन् ।
विज्ञापन
झापाको बिर्तामोडमा पार्टीनिकट युवा संघको जिल्ला भेला र कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विज्ञापन
ओलीले पार्टीलाई रसातलमा पुर्याएको स्मरण गर्दै उनले भने, अब ओली र त्यो पार्टीलाई बडार्ने बेला भयो।
त्यो जिम्मा अब युवाको काँधमा आएको र अझ झापाले नै यसको जिम्मा लिनुपर्ने उनले बताए ।
युवा संघका कार्यकर्तालाई शाहीले भने, आजदेखि त्यो कुचो तपाईंको हातमा छ। अब काम थाल्नुस ।
सो भेलालाई पार्टीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, पार्टी जिल्ला सदस्य धर्म शिवाकोटी, संघका प्रदेस अध्यक्ष प्रत्युस राना, झापा इन्चार्ज खगेन्द्र बाराकोटी, बिमला देबकोटा र स्थायी कमिटी सदस्य नवीन इजमले बोलेका थिए ।
भेलाले सुनिल थापाको अध्यक्षतामा एकसय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु