शुक्रबार, भदौ १९, २०८२
  • होमपेज
  • समाचार
  • देशलाई निकास र विकास दिने पार्टी माओवादी केन्द्र हो : मेयर दाहाल
समाचार

देशलाई निकास र विकास दिने पार्टी माओवादी केन्द्र हो : मेयर दाहाल

चितवन।

नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले देशलाई निका र विकास दिने पार्टी नै नेकपा (माओवादी) केन्द्र भएको बताएकी छन् ।

विज्ञापन

माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं.११ को अधिवेशन समुद्घाटन गर्दै मेयर दाहालले देशमा परिवर्तन ल्याउने मुख्य भूमिका माओवादी केन्द्रले नै खेलेको भन्दै देशलाई विकास गर्ने पार्टी नै माओवादी भएको बताइन् ।

विज्ञापन

 

 

 

मेयर दाहालले देशमा परिवर्तन ल्याउने भूमिकादेखि सबै क्षेत्रमा माओवादी केन्द्र अन्य पार्टी भन्दा कहीँ पनि तल नपरेको भन्दै उत्साहका साथ अघि बढ्न आग्रह गरिन् । ‘देशमा राजतन्त्र फाल्नेदेखि गणतन्त्र स्थापना गर्नेसम्म कामको मुख्य भूमिकामा हामी नै थियौं, मुलुक परिवर्तनका लागि हामी नै होमिएका थियौं’ मेयर दाहालले भनिन् ‘अहिले पनि यो राष्ट्रलाई संकटबाट माथि उठाउने कामको नेतृत्वदायी भूमिकामा हाम्रो पार्टी छ ।’

देशको निर्णायक पार्टी, जनताको पक्षमा, राष्ट्रको पक्षमा मुलुकलाई हरेक समस्यामा समाधान दिने सक्ने पार्टी भनेकै माओवादी केन्द्र मात्रै भएको मेयर दाहालको दावी थियो । यही उत्साहका साथ सक्रियता पूर्वक पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरिन् ।

मेयर दाहालले भरतपुर महानगरपालिकाले सबै वडामा विकासको गतिलाई तिव्रता दिएको भन्दै भरतपुर–११ मा धेरै विकास निर्माणका कामहरु भइरहेको बताइन् । महानगरपालिकाको नेतृत्वमा आएपछिका तीन वर्षमा भरतपुर–११ मा मात्रै महानगरले १८ करोड बढी बजेट विनियोजन गरेर काम गरेको बताइन् ।

उनले वडा नं.११ लाई नै छोएर महानगरमा रिंगरोड, पीच सडक, लगायतका धेरै कामहरु भइरहेको भन्दै समग्र विकासको गतिले ढुक्क भएर महानगरले गरेको कामको प्रशंसा गर्न सकिने बताइन् । ‘हिजो २०/३०औं वर्षमा हुन नसकेका कामहरु आज हामीले ३/४ वर्षको दौरानमा हामी गर्न खोजेका छौं देशैभर सबैलाई पनि विकास कसरी गर्नुपर्छ भन्ने कुराको एउटा राम्रो उदाहरण हामीले पेश गरेका छौं’–मेयर दाहालले भनिन् ।

मेयर दाहालले पहिलोपटक गरिएको वडा अधिवेशनबाट सक्षम नेतृत्व चयन होस् भन्दै शुभकामना व्यक्त गरिन् । महानगरभित्रको सबैभन्दा ठूलो वडा भएकाले सबैलाई मिलाएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरिन् ।

उद्घाटन कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष इश्वर सापकोटा ‘सुमन’लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा सचिव जायश्वर आचार्यले संचालन गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस