काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अबको तीन तहकै चुनावमा नेकपा समाजवादी एमालेभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका गरेका छन् ।
विज्ञापन
आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले यस्तो दाबी गरेका हुन् । एमालेका अध्यक्ष केपी ओलीको गुटका रूपमा पार्टी चलेपछि विद्रोह गरेको भन्दै मन्त्री खतिवडाले भने, “नीति नभई नेता प्रधान भएको र ओलीको टाङमुनि बस्नुपर्ने भएपछि पार्टीबाट विद्रोह गरेका हौ, ७० करोड, ओम्नी र मनोहरा कटाउँछौँ भन्ने गुण्डालाई लिएर पार्टी फुटाउने योजनामा रहेको थाहा पायौँ, त्यसैले विद्रोह ग¥यौँ ।”
विज्ञापन
केपी ओलीलाई केन्द्रदेखि सातवटै प्रदेशबाट सत्ताच्यूत गरेर देखाइदिएको भन्दै उनले भने, “बालुवाटारबाट बालकोट पु¥यायौँ, बालकोटको पनि बार्दलीमा छन्, अबको चुनावबाट ओलीलाई बार्दलीबाट बगरमा पु¥याइदिन्छाँै ।”
अबको तीन तहकै चुनावमा नेकपा समाजवादी एमालेभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै मन्त्री खतिवडाले भने, “अब एमाले राप्रपाको वैशाखी टेकेर चुनावमा जाँदैछ, हामी प्रजातान्त्रिक बाम गठबन्धन बनाएर चुनावमा जाँदैछौँ, ओली अबको चुनावमा एउटा काँधमा हलो, अर्को काँधमा सूर्य र अगाडि गाई लगाएर हिँड्ने छन्, त्यसपछि देखिने छ, पार्टीको हैसियत ।”
फेसबुक प्रतिक्रियाहरु