आइतवार, पुस ७, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा एमाले महाधिवेशनको तयारी तीब्र, देशैभर एकैदिन मोटरसाईकल र्‍याली गरिने
समाचार

चितवनमा एमाले महाधिवेशनको तयारी तीब्र, देशैभर एकैदिन मोटरसाईकल र्‍याली गरिने

चितवन।

नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार प्रसारका लागि देशभरी मोटरसाईकल र्‍याली र सामाजिक सञ्चालको उच्चतम प्रयोग गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचार प्रसारका लागि देशव्यापी रुपमा मंसिर ७ गते जिल्लाका सदरमुकाममा मोटरसाईकल ¥याली गरिने बताउनुभएको हो ।

विज्ञापन

उहाँका अनुसार मंसिर १० गते १२ बजे नारायणगढ जाऔं भन्ने आह्वान गर्नका लागि मोटरसाईकल ¥याली आयोजना गर्न लागिएको हो । वागमती, लुम्बिनी र प्रदेश नम्बर २ का प्रादेशिक पार्टी र जनसंगठनको तहबाट ¥यालीको संयोजन गरी यस क्षेत्रमा व्यापक गराईने छ । उहाँले भन्नुभयो “मोटरसाईकल ¥याली देशैभरी हुनेछ, तर यस क्षेत्रमा विशेष रुपमा आयोजना गरिने छ ।”

विज्ञापन

 

 

 

महाधिवेशन प्रतिनिधि आउने राजमार्गहरुमा मंसिर ७ गतेदेखि ९ गतेसम्म आकर्षक स्वागतद्वार निर्माण गरिन उहाँको भनाई छ । एक जिल्ला एक स्वागतद्धार निर्माणमा जोड दिइएको बताउँदै उहाँ मुख्यगरी पूर्ब–पश्चिम/उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिकाहरु, मुख्य बजारहरुमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ । राजमार्गमा छेउमा रहेका पोलहरुमा पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डाहरुले सोभायमान बनाउने अभियान सञ्चालन गरिने भट्टराईको भनाई छ ।

एमालेले दशौं महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताउनुभयो । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अंग्रेजी लगायतका भाषामा डिजिटल प्रचार सामाग्रीहरु निर्माण गरिरहेको उहाँको भनाई छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारको लागि सञ्चार माध्यमका साथै फेसबुक, टिकटक र ट्यूवीटर लगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने उहाँको भनाई छ ।

उहाँले एमाले दशौं राष्ट्रिय महाधिवेशनले चितवन महाधिवेशनपछि एमाले झनै सशक्त पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “चितवनको दशौं राष्ट्रिय महाधिवेशनपछि एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी एक ढिक्का भएर अगाडि बढ्छ ।”

पत्रकार सम्मेलनमा नेता भट्टराईले भन्नुभयो “एमाले अहिले पनि वृहत् बाम एकताको पक्षमा रहेको छ । जनताको बहुदलीय जनवाद नै एकताको मुख्य आधार हो ।” उहाँले सामान रित्तिएको साना साना पसल जस्ता दल खोलेर बस्नुको औचित्य नभएको बताउनुभयो । नेपालको राजनीति दुई ध्रुवमा विभाजन हुने बताउँदै उहाँले भन्नुभयो “एमालेसँग निकट हुने कम्युनिष्ट पार्टीहरु एमालेमा आउँछन्, अन्य कांग्रेसमा जान्छन् ।” संयोजक भट्टराईले दजनौं देशका राजनीतिक दलका प्रतिनिधिहरुलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताउनुभयो ।

प्रचारप्रसार सहयोग समिति गठन

यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औं महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवन गठन गरिएको छ । प्रदेश सभा सदस्य बिजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहनु भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस