अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’ को मंगलबार टेस्ट राइड गरेका छन्।
विज्ञापन
उनीहरूले अर्थ मन्त्रालय परिसरमै केही समय मोटरसाइकल हाँकेर त्यसको टेस्ट राइड गरेका हुन्।
विज्ञापन
अर्थसचिव मरासिनीले मंगलबार राति ८ बजेर ३४ मिनेटमा आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीको गज्जबको टेस्ट राइड गरियो। यस्तो वातावरणमैत्री सिर्जनाका लागि अशिम पाण्डे र उनको टिमलाई बधाई। यसका लागि अहिलेभन्दा उपयुक्त समय अर्को हुनै सक्दैनथ्यो, किनभने अहिले हाम्रो देश हरित विकासमा प्रतिबद्ध छ। हामी यस्ता घरेलु उद्यमलाई प्रबर्द्धन गर्नेछौं।’
अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीसँग यसबारे सोध्दा उनले ‘यात्री कम्पनीको टोली आएर अर्थमन्त्रीसहित मन्त्रालयका पदाधिकारीहरूलाई आफ्नो विद्युतीय मोटरसाइकलबारे जानकारी गराएको’ बताए।
अर्थसचिवको ट्वीटमा अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय वातावरण सम्मेनलन (कोप-२६) को ट्वीटर ह्यान्डललाई मेन्सनसमेत गरिएको छ। उनले टेस्ट राइड गर्ने क्रममा खिचिएका चारवटा तस्बिर सेयर पनि गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु