बुधबार, भदौ १७, २०८२
  • होमपेज
  • समाचार
  • नेताहरु बिग्रिँदै गए, फेरि देशमा सामन्ती राजनीति फर्किँदैछ : बाबुराम भट्टराई
समाचार

नेताहरु बिग्रिँदै गए, फेरि देशमा सामन्ती राजनीति फर्किँदैछ : बाबुराम भट्टराई

जनशक्ति पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा गणतन्त्र आए पनि नेताहरुमा अहिले द्रव्य शाहकै सन्तानको जस्तो चरित्र यथावत रहेको बताएका छन्।

गृहजिल्लास्थित गोरखा नगरपालिका-१० छेपेटारमा मंगलबार भएको भेटघाटका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो भनेका हुन्।

विज्ञापन

‘मसँगकै साथीहरु दरबारमा बस्न थाले। द्रव्य शाहकै सन्तान जस्तो गर्न थाले’, उनले भने, ‘नेताहरु सामन्ती हुँदै जाँदा देशमा पुरानै प्रकारको कुलिन-सामन्ती राजनीति फर्किँदैछ।’

विज्ञापन

भट्टराईले सत्ता भनेको एउटा रोग भएकाले नेताहरुले सचेत हुनुपर्ने बताए। ‘सत्ता भनेको पनि एउटा रोग हो। जनताको पक्षमा प्रयोग गर्न नसके हामी पनि रोगी र भ्रष्टाचारी हुन्छौँ’, उनले भने, ‘हामीले जनतालाई भेट्न महलमा बोलाउने होइन, हामी चाहिँ जनतामाझ जानुपर्छ।’

उनले राजाहरुको जस्तै नेताहरुले पनि अहिले दर्शन भेटको चरित्र उतार्न थालेको भन्दै कटाक्ष गरे। ‘हामीले सकेका कुरा गर्ने हो नसकेका नगर्ने हो। हामी अहिले संकटपूर्ण अवस्थामा छौँ। यसलाई हल गर्न पहिले राजनीतिलाई सफा गर्नुपर्छ’, उनले भने, ‘दलहरु र नेता ठीक भएनन् भने सबै बेठीक हुन्छ। त्यसैले नेताहरु सुध्रिनुपर्छ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस