 
              शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरु क्रमशः स्वदेशमा फिर्ता हुने वातावरण बन्दै गएको बताएका छन्।
नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन्।
‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ,’ उनले भने,’ ‘ क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’
मन्त्री पौडेलले आफ्नो देश आफैँले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न पनि अनुरोध गरेका छन्।
मन्त्री पौडेल युनेस्कोको ४१ महासभामा भाग लिन नोभेम्बर १० तारिख त्यहाँ गएका हुन्। उनी १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।






 
             
            
फेसबुक प्रतिक्रियाहरु