बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • समाचार
  • सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउँछ : ऊर्जामन्त्री भुसाल
समाचार

सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउँछ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छन् ।

 

विज्ञापन

सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी हुन् ।

विज्ञापन

उनले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने पनि जानकारी दिइन् ।

सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने मन्त्री भुसालकाे भनाइ छ ।

 

मन्त्री भुसालले भनिन्, ‘भूगोल र जनता मात्रै देश हुँदैन । देशकाे आफ्नै पहिचान हुन्छ । पहिचान भनेको संस्कृति हो । ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण छ । भूकम्पले हाम्रा धेरै सम्पदाहरू ध्वस्त भएका थिए । यसको पुनर्निर्माणको प्रक्रियामा मंगलबजार दरवार स्क्वाएरमा भीमसेन, कृष्णमन्दिर लगायतका धेरै पुनः संरचना भए ।’

‘बुङमती, रातो मच्छिन्द्रनाथको पुनः निर्माण हुँदैछ । यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदैछ । यसले हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावी सन्ततिलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो । यो पुनर्निर्माण हुने प्रक्रियाले सम्पदा सयौं-सयौं वर्षसम्म रहनेछ । यसको झन्डै ४ करोड रुपैयाँ बजेट लागत छ । यो ललितपुरवासी र नेपालीहरूका लागि नै गर्वको विषय हो । प्रदेश र संघीय सरकारबाट पनि सहयोग गर्नेछौं’, उनले थपिन् ।

मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गरिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस