माओवादी छाडेका ओखलढुंगाका नेता बालकृष्ण ढुंगेल पनि एमालेको दशौँ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
ओखलढुंगामै द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठ ह’त्या प्रकरणमा मुछिएर सर्वस्वसहित जन्मकैद सजाय काटिसकेका तत्कालीन माओवादी नेता एवम् संविधानसभा सदस्य ढुंगेल एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
विज्ञापन
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कुल विभागले महाधिवेशन प्रतिनिधिका रुपमा पठाएको हो।
विज्ञापन
ओली अध्यक्ष रहेको स्कलु विभागबाट उनीसहित घनश्याम कोइराला, दयालबहादुर शाही, हिमबहादुर क्षेत्री लगायत नेता कार्यकर्ता महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
माओवादी छाडेपछि ढुंगेल अहिले एमाले प्रदेश १ कमिटी सदस्यका रुपमा सक्रिय छन्। २०७७ पुसमा तत्कालीन नेकपा विभाजित भएसँगै उनी पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर केपी ओलीतिर लागेका थिए।
ढुंगेलले त्यसबेला आफूलाई जनयुद्धसम्बन्धी मुद्दामा जेल हालिँदा पनि प्रचण्डले कुनै पहल नगरेको गुनासो गरेका थिए। उनले प्रचण्डले जनयुद्धका आफ्नो र परिवारको स्वार्थपूर्ति मात्रै गरेको बताएका थिए।
फेसबुक प्रतिक्रियाहरु