इटहरी ।
नेकपा एमालेका नेता एवं इटहरीका मेयर द्धारिकलाल चाैधरीले माधव नेपाल र राजेन्द्र राई आफ्नाेमा भात खानमात्र आएकाे बताएका छन ।
विज्ञापन
आईतबार बिहान कुरा गर्दै मेयर चाैधरीले भने, `उहाँहरु पाहुनाकाे रुपमा मेराेमा आएकाे र भात खाएकाे सत्य हाे । उहाँहरु फरक पार्टीको म एमालेकाे हाे। उहाँहरुले मेराे घरमा भात खाँदैमा एमाले छाड्न लागेकाे भन्नू गलत हाे । म एमालेकाे नीति र विचारबाट दाँयावाँया हुन्न।´
विज्ञापन
उनले पार्टीमा रहेका केही विवाद विस्तारै हल हुँदै जाने बताए । केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राइले चाैधरीको घरमा भात खाएपछि उनले एमाले छाड्न खोजेको चर्चा चलेको थियो ।
सुनसरीको एउटा पार्टी कार्यक्रममा चाैधरीले माइक खोसेको सन्दर्भसँग जोडेर केही सञ्चार माध्यमले चाैधरीले एमाले छाड्न लागेको बताएका थिए ।
फेसबुक प्रतिक्रियाहरु