मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ साल कार्तिक २८ गते आइतवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
पत्रपत्रिका

राशिफल : २०७८ साल कार्तिक २८ गते आइतवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

वि.सं. २०७८ कार्तिक २८ गते आइतवार तदनुसार ई. सं. २०२१ नोभेम्बर १४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४२, (कछलाथ्व) काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, कार्तिक शुक्लपक्षको दशमी तिथि, बिहान ०८:५८ बजेसम्म, त्यसपछि एकादशी तिथि, पूर्वाभाद्रा नक्षत्र, बेलुका ०८:०२ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, दिउँसो ०१:५४ बजेसम्म, त्यसपछि मीन राशिमा, व्याघात योग, बिहान ०६:४६ बजेसम्म, त्यसपछि हर्षण योग मध्यरात्रीपछि ०५:३१ बजेसम्म, अन्तिममा वज्र योग (योग टुटेको दिन), सुरुमा गर करण बिहान ०८:५८ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०८:५५ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : चर, चन्द्रवर्ण : कालो (दिउँसो ०१:५४ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०१:५४ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : उत्तर (बिहान ०८:५८ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : सूर्योदयपूर्व ०१:३५ देखि मध्यरात्रीपछि ०१:१७ सम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : बलम्बु महालक्ष्मी यात्रा, धादिंग फूलखर्कमा गंगा जमुना मेला, विश्व मधुमेह मेला, आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र, मुठी लिने दिन,

 

विज्ञापन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २९ गते : श्री हरिबोधिनी एकादशी, तुलसी विवाह, भीष्मपञ्चक प्रारम्भ, बराहक्षेत्रमा धार्मिक मेला र स्नानादि प्रारम्भ, खोटाङ्ग, बराहपोखरीमा मेला, मकवानपुर, भैंसेमा त्रिखण्डेश्वर महादेव मेला, मूहुर्त : गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), गृहवास्तु जुरेको दिन, डेरा सर्ने/बसाइँ सर्ने, दीक्षाग्रहण (मन्त्र लिने), कलशचक्र, ३० गते : कार्तिक मसान्त, श्री भौम प्रदोष व्रत (ऋणमोचनका निमित्त), चातुर्मास्य व्रतको समापन, दाल दान गर्ने दिन, नारायण द्वादशी, चाँगुनारायण अखण्डदीप दर्शन, रुरु रीडीक्षेत्रमा हृषिकेश रथयात्रा, मन्वादि, गायत्री प्रादुर्भाव दिवस, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहवास्तु जुरेको दिन, कलशचक्र,

विज्ञापन

 

०१ गते : मार्ग संक्रान्ति, विष्णु वैकुण्ठ चतुर्दशी व्रत, डोटी केदार मेला, पाल्पा दर्लम डाँडा महाकाली भगवती यात्रा, मूहुर्त : अन्नप्राशन(पास्नी), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कर्णवेध(कान छेड्ने), शिलान्यास (सामान्य), गृहवास्तु जुरेको दिन, वस्त्राभरण (नयाँ लुगा वा गहना लगाउने), घर छाउने/ढलान गर्ने, दैलो राख्ने (द्वारचक्र), पुराणश्रवण, कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्नेछ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हिरण्यगर्भाय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्नेछ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अत: व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउने छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ, तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्नसक्छ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुरुवातमा मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन्, तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मेवामिष्टान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धनार्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्नसक्छन् । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दु:खसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस