Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय हेरफेर
समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय हेरफेर

काठमाडौं।

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डको सचिवालय हेरफेर गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले सचिवालय हेरफेरको निर्णय गरेको हो।

विज्ञापन

सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ। महरा लामो समयदेखि प्रचण्डको सचिवालयमा थिए।

विज्ञापन

हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्वविद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको प्रचण्डको सचिवालयले जनाएको छ।यसअघि दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए। दाहाल छोरी गंगा पनि स्वकीय सचिव छन्।

यस्तै बैठकले प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रेस सेन्टरको हालको जिम्मेवारीको काममा केन्द्रीत गराउने निर्णय गरेको छ।प्रेस सेन्टरको अध्यक्ष र लुम्बिनी प्रदेशको सह–इन्चार्जको विषय टुंग्याउने लगायत समसामयिक विषयमा छलफल गर्न शुक्रबार साँझ भर्चुअल रूपमा केन्द्रीय कमिटीको बैठक बस्दैछ।बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसीसी०को सन्दर्भमा पनि छलफल हुने स्रोतले जनाएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस