संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री प्रेम आलेले ओलीको पार्टी तहसनहस पारिदिने चेतावनी दिए। उनले भने ‘यो एकता र पाँच दलीय एलाइन्स सबै निर्वाचनसम्म रहन्छ,। हामी एमाले पार्टीको सखाप पार्छौ।’
मन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर एयरपोर्ट र राष्ट्रकै सातौं धाम मालिकार्जुनको लागि बजेटको कमी हुन नदिने बताए। नेकपा एसको जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले अहिले एयरपोर्टको लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गरे।
विज्ञापन
सूर्यमा ग्रहण लागिसक्यो, चुनावमा गठबन्धनले केपी गुटको पत्तासाफ गर्छ: माधव नेपाल
विज्ञापन
डडेलधुरा ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् ।
बुधबार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे।
‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ,’ नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौं । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’
पाँच पार्टीको गठबन्धन बनेको भन्दै नेपालले आउने चुनावमा ‘केपी ओली गुट’ पत्तासाफ हुने दाबीसमेत गरे । ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं, केपी गुटको पत्तासाफ हुने छ ।’
‘आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु,’ उनले थपे ।
फेसबुक प्रतिक्रियाहरु