काठमाडौं ।
नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ ।
विज्ञापन
दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए ।
विज्ञापन
सचिवालय बैठकबाटै नेताहरूले गुटका मान्छे प्रतिनिधि लैजान खोजेपछि निर्वाचनमा जान सदस्यहरूले जोड दिएका हुन् ।
सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएको बताए ।
एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतको एक समूह र यज्ञराज सुनुवार, किशोर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतको अर्को समूह बनेको छ । यी दुई समूहबीच प्रतिनिधि को पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएको हो ।
माओवादीबाट आएका बालकृष्ण ढुंगेलको समूह अम्बीर गुरुङसँग जोडिएपछि साविक ओली गुट दुई समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए ।
साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ-ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज-किशोर समूह नजिक रहेको बताइएको छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटको विषयमा अध्यक्ष श्रेष्ठको भनाभनकै तहमा विवाद भएको एक नेताले जानकारी दिए ।
पालिका अधिवेशनबाटै गुट उपगुटको सिकार बनेको एमाले प्रतिनिधि छनोटमा दुई समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आ(आफ्नो समूहको गृहकार्यमा नेताहरू जुटेका छन् । पालिका तहमा निर्वाचन हुने र त्यसको तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएको नेता सीताराम गुरुङले बताए । मनोनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्ने उनको भनाइ छ ।
जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेको छैन । एमालेको १०औं महाधिवेशन १०(१२ मंसिरमा चितवनमा हुँदैछ ।
फेसबुक प्रतिक्रियाहरु