काठमाडौं ।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका प्रभु साह आफु एमालेमै टिक्न र केपी शर्मा ओलीलाई खुशी पार्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिनरात गाली गर्न थालेका छन ।
विज्ञापन
उनले कुनै कार्यक्रममा जत्तिनै भाषण गरेपनि एमाले नेता-कार्यकताले तालि नबजाउने तर जब प्रचण्डको आलोचना गर्छन तब एमाले नेता-कार्यकताले तालि बजाउने गरेका छन ।
विज्ञापन
शुक्रबार मात्र प्रचण्डलाई ‘राष्ट्रघाती’ एमसीसीको मतियार बनेको भनेर आलोचना गरेका पूर्वमाओवादी नेता साहले फेरि आज शनिबार प्रचण्डकै विरुद्ध शब्द खर्चिएका हुन्।
दीपावली तथा छठ पर्वका अवसरमा शनिबार रौतहटको कटहरिया नगरपालिका–१, भसेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उलने प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार भएको आरोप लगाएका हुन्।
पहिले कांग्रेसी फाँसीवादविरुद्ध जनयुद्ध लडेका प्रचण्डले अहिले त्यस संघर्षका सहिदको अपमान गरेको आरोप साहले लगाएका हुन्।
प्रचण्डको यो अवतार नेपाली इतिहासमा नौलो नभई केशरजंग रायमाझीकै पुनरावृत्ति भएको टिप्पणी उनले गरे।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीले पार्टीको नियमविपरीत राजालाई साथ दिएका थिए। त्यसपछि उनलाई पुष्पलाल श्रेष्ठ र तुलसीलाल अमात्यहरूले गद्दार भन्दै पार्टीबाट निष्कासन गरेका थिए।
तत्कालीन नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गरेपछि एकातिर प्रचण्ड–माधव नेपाल र अर्कातिर केपी ओली समूह भएका थिए।
त्यसैबेलादेखि मन्त्री पदको लोभमा आफ्नो पुरानो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ छाड्दै रामबहादुर थापा, प्रभु साहलगायत नेता ओलीका पक्षमा उभिए र पछि सर्वोच्च अदालतले नेकपालाई अवैधानिक ठहर गर्दै यसमा मिसिएका दुई पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि पनि यी नेता ओलीसँगै अर्थात् एमालेमै समाहित भए। त्यसयता साह प्रचण्डविरुद्ध आलोचनामा उत्रिरहेका हुन्।
फेसबुक प्रतिक्रियाहरु