काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले आगामी चुनावपछि नेकपा एमालेको अवस्था नोकिया मोबाइल फोनजस्तो हुने भविष्यवाणी गरेका छन् ।
विज्ञापन
शनिबार शंखरापुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी चुनावपछि अहिले काम नलाग्ने भएको तर, कुनै समय ब्राण्ड बनाएको नोकिया फोनजस्तै एमालेको अवस्था हुने चौधरीले भविष्यवाणी गरे ।
विज्ञापन
कार्यक्रममा चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकिया मोबाइलको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । हेरिराख्न्नुस्, त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतका साथ चुनाव जित्ने भन्ने कुरा हावा भएको उनको भनाइ छ । ओलीलाई अक्षम व्यक्तिको संज्ञा दिँदै एमालेले भोट दिने आधार के भन्दै चौधरीले प्रश्न गरे ।
आगामी चुनावले नेकपा (एस) देशमा पहिलो पार्टीका रुपमा स्थापित हुने भविष्यवाणी गरे । दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी मजबुत भएको बताउँदै नयाँ पार्टीले २०६४ सालको चुनावको जस्तै मत बटुल्ने पनि ठोकुवा गरे ।
फेसबुक प्रतिक्रियाहरु