चितवन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा अन्यलाई पनि ल्याउने पहल भइरहेको बताएका छन् ।
विज्ञापन
विज्ञापन
माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने दावी गरे । प्रचण्डले विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको बताए । ‘छलफल सकारात्मकरूपमा अघि बढेको छ’, उनले भने । अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ ।
‘प्रतिक्रान्ति र निरंकुश तत्वको षड्यन्त्रले हामीलाई दुई ठाउँमा पुर्याए पनि इमानदार कम्युनिष्टहरू एकताकै पक्षमा छौँ’, उनले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’
समाजवाद निर्माण र समाजवादी क्रान्तिअन्तर्गत जनवादी क्रान्तिका बाँकी काम पूरा गरेरै छाड्ने प्रचण्डको दावी छ । आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए ।
एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि प्रचण्डले खुलासा गरे ।
फेसबुक प्रतिक्रियाहरु