मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाचार
  • अष्टलक्ष्मी र भीम आचार्य धोकेवाज हुन,हाम्रै पार्टीमा आएपनि मुख्यमन्त्री वनाउदैनौं : भुषाल
समाचार

अष्टलक्ष्मी र भीम आचार्य धोकेवाज हुन,हाम्रै पार्टीमा आएपनि मुख्यमन्त्री वनाउदैनौं : भुषाल

काठमाण्डौं ।

नेकपा एकिकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुषालले अष्टलक्ष्मी शाक्य र भीम आचार्य अव आफनो दलमा आएपनि मुख्य मन्त्री नवनाउने वताएका छन ।

विज्ञापन

सोमवार एक कार्यक्रममा वोल्दै उनले पार्टीमा आए अन्य जिम्मेवारी दिन सकिएला तर मुख्यमन्त्री त कुन हालतमा वनाउदैनौं भनेका छन ।

विज्ञापन

खास मौकामा गम्भीर धोका दिएको भन्दै छिटै नै वागमती प्रदेश र प्रदेश नम्वर १ मा सरकार वदलिने उनले वताए ।

उनले कांग्रेससंग कुनै मतभिन्नता नभएको भन्दै केन्द्रिय नेतृत्वको विचमा दुवै प्रदेशमा समाजवादीको सरकार वनाउने सहमति भएको वताएका छन ।

महासचिव भुषालले सवै प्रदेशमा सरकार अदलावदली गर्ने सहमति भएको पनि वताएका छन ।

उनले सुदुरपश्चिम प्रदेशमा पनि सरकार वदलिने वताएका छन । तर,यस चरणमा वागमती प्रदेश र प्रदेश नम्वर एकमा एकिकृत समाजवादीकै सरकार वन्ने वताए ।

देउवा सरकारले गर्‍यो ठूल्ठूला यी ५ निर्णय, देशैभर प्रहरी, किसानदेखि गरीब जनतालाई फाइदा

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद्को बैठकले देशैभर प्रभाव पर्ने गरी ठूल्ठूला निर्णय गरेको छ ।

 

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले बढाउने निर्णय गरेको छ । यस निर्णयबाट देशैभरका प्रहरीलाई फाइदा पुग्नेछ ।

 

मन्त्रिपरिषद् बैठकले कोडिभ–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत प्रदान गरेको छ । यसबाट कोभिड प्रभावितलाई नगद हस्तान्तरण गर्ने सरकारको योजना कार्यान्वयनमा जानेछ भने देशैभरका गरीब जनताले सरकारबाट नगद लाभ पाउने छन् ।

 

देउवा सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् ।

 

कार्यदललाई ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । सरकारको यो निर्णयबाट अविरल वर्षाले धानबालीमा क्षति व्यहोरेका किसानलाई फाइदा पुग्नेछ ।

यसैबीच सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गर्दै निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।

सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस