शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • डा. केसीले मागे प्रधानन्यायाधीश जबराको राजीनामा
समाचार

डा. केसीले मागे प्रधानन्यायाधीश जबराको राजीनामा

Renu Dahal

काठमाडौं

सत्याग्रही प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् ।

विज्ञापन

डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाएका हुन् । न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि जबराले तत्काल राजीनामा दिनुपर्ने भन्दै उनले भनेका छन्, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।’

विज्ञापन

 

उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न समेत सरोकारवालाहरुसँग अपील गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस