चितवन ।
नेकपा एमालेमा प्रवेश गरेको भनिएका नेकपा माओवादी केन्द्रका ८ जना कार्यकर्ताहरु माओवादी केन्द्रमै फर्किएका छन् । चितवनको इच्छाकामना ४ नयाँबस्तीका हर्क बहादुर विश्वकर्मा,तूल बहादुर सिञ्जाली, अमित सुनार,विनोद परियार,सन्त बहादुर चेपाङ,विजय सुनार, दुर्गा आचार्य र श्रृजना चेपाङ माओवादी केन्द्रमै फर्किएका हुन् ।
विज्ञापन
विज्ञापन
आइतबार एक विज्ञप्ती जारी गर्दै उनिहरु माओवादी केन्द्रमै फर्किएको बताएका छन् । नेकपा एमाले पार्टीले लिएको कार्यदिशा अनुसार देश र जनताको भलो नहुने भएकाले आफुहरु माओवादी केन्द्रमै रहने बताएका छन् । केही आश्वासनमा परेर नेकपा एमालेमा प्रवेश गर्नु भूल भएको भन्दै आगामी दिनमा माओवादी केन्द्रमै सक्रिय रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपा एमाले दश बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले प्राप्त गरेको उपलब्धीहरुको विरुद्धमा लागेको र जननिर्वाचित संसद समेत भंग गरेको स्मरण गर्दैै पुन माओवादी केन्द्रमै फर्किएको उनिहरुको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु