बिहिबार, अशोज १, २०८२
  • होमपेज
  • समाचार
  • कूटनीतिको ‘क’ नजान्नेहरू राजदूत भएको देख्दा दुःख लाग्छ : भीम रावल
समाचार

कूटनीतिको ‘क’ नजान्नेहरू राजदूत भएको देख्दा दुःख लाग्छ : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पुर्‍याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औँल्याएका हुन्।

विज्ञापन

संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए।

विज्ञापन

उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराए।

उनले भने, ‘मैले यस्तो राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन। कूटनीतिको ‘क’ आउँदैन। मेरो देश नेपाल हो। यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन। ऊ नै राजदूत बनेर जाने गरेको छ।’

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए। उनले आफूले रक्षामन्त्री हुँदा त्यसको पहल गरेपनि समय अभावमा कारण काम गर्न नसकिएको स्पष्ट पारे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस